Logo
Logo

इन्भेष्टमेन्ट बैंकलाई विश्व बैंकको अवार्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन ।
विश्व बैंक अन्र्तगतको इन्टरनेशनल फाइनान्सियल कर्पाेरेशन(आईफसी)ले नेपाल इन्भेष्टमेन्ट बैंकलाई उत्कृष्ट साझेदारको अवार्ड प्रदान गरेको छ । आईफसीले बैंकलाई ‘२०१९ बेष्ट पार्टनर इन लो इन्कन आईडिए कन्ट्रीस् साउथ एसिया अवार्ड’ प्रदान गरेको हो ।


सन् २०१९ मा ग्लोबल ट्रेड फाइनान्स प्रोगाम अन्र्तगत बैंकले अधिक व्यापारमा लगानी गरेकाले सो अवार्ड प्रदान गरेको हो । दक्षिण एसियाका देशमध्ये इन्भेष्टमेन्ट बैंकले उत्कृष्ट पार्टनरका रुपमा काम गरेको आईएफसीले जाएको छ ।

प्रतिक्रिया दिनुहोस्