Logo
Logo

शुभमन गिल बने भारतीय टेस्ट टिमको कप्तान


756
Shares

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिवार मुम्बईमा भएको बैठकमा शुभमन गिललाई भारतीय टेस्ट टिमको नयाँ कप्तान र ऋषभ पन्तलाई उपकप्तान नियुक्त गरेको छ । साथै, जुन २० देखि सुरु हुने इंग्ल्याण्ड भ्रमणका लागि १८ सदस्यीय टेस्ट टोलीको पनि घोषणा गरिएको छ । भारतले उक्त भ्रमणमा पाँच टेस्ट म्याचको शृंखला खेल्नेछ ।

विराट कोहली र रोहित शर्माको सन्यासपछि टोलीमा युवा ब्याट्सम्यान साई सुदर्शन र करुण नायरले स्थान बनाएका छन् । त्यस्तै, अलराउन्डर शार्दुल ठाकुर टोलीमा फर्किएका छन् ।

भारतीय टेस्ट टोली (इंग्ल्याण्ड भ्रमण २०२५) :  
शुभमन गिल (कप्तान)

ऋषभ पन्त (विकेटकीपर, उपकप्तान)  

यशस्वी जैसवाल  

केएल राहुल  

साई सुदर्शन  

अभिमन्यु ईश्वरन  

करुण नायर  

नितिश रेड्डी  

रविन्द्र जडेजा  

ध्रुव जुरेल  

वाशिंगटन सुन्दर  

शार्दुल ठाकुर  

कृष्णा जडेजा  

अर्शदीप सिंह  

कुलदीप यादव

प्रतिक्रिया दिनुहोस्