Logo
Logo

भारतमा कोराना : संक्रमित १६ लाख नाघ्यो, ३५ हजार बढीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, १६ साउन (एजेन्सी) । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाको केद्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३५ हजार ७४७ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस संक्रमितमध्ये दश लाख ५७ हजार ८०६ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ४५ हजार ३१८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४५४ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने १४ हजार ७२९ व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५७ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८३८ जनाको मृत्यु भएको छ ।
राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ७४३ जना सङ्क्रमित अवस्थामा रहेका र ३ हजार र ९३६ जनाको मृत्यु भइसेकेको छ ।

प्रतिक्रिया दिनुहोस्