Logo
Logo

रास्वपाले गृहमन्त्री लेखकको राजीनामा माग्यो


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिवार भर्चुअल रूपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले मन्त्री लेखकलाई राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न माग गरेको कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।

The current image has no alternative text. The file name is: Ramesh-Lekhak.jpg

झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतमा सांसदको रूपमा रमेश लेखकले ‘प्रश्न उठेपछि राजीनामाले छानबिनमा सघाउनुपर्छ’ भनी दृष्टान्त पेश गर्नुभएको थियो। सोही कुरा स्मरण गराउँदै उहाँलाई यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सहयोग गर्न माग गर्छौँ ।”

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री र उनको सचिवालय मानव तस्करीमा संलग्न रहेको भन्ने कुरा सार्वजनिक भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यता, गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै उक्त प्रकरणमा मन्त्री लेखकको कुनै संलग्नता नरहेको दाबी गरेको छ । मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

भिजिट भिसा प्रकरणमा अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ भने मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्