Logo
Logo

रुसद्वारा युक्रेनको राजधानी किभमा भीषण आक्रमण, १३ जनाको मृत्यु


2.4k
Shares

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा भीषण आक्रमण गरेको छ । उक्त हमलामा परी कम्तिमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो पछिल्लो आक्रमणबाट ५६ जना घाइते भएको युक्रेनका अधिकारीहरुले भनाइ उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । युत्रेनी वायु सेनाले भनेको छ, ‘रुसले २५० ड्रोन र १४ ब्यालेस्टिक मिसाइल राजधानी किभमा फ्रहार गरेको छ । यो हमलामा कारण बस्तीमा आगो लागेको छ ।’

वायु सेनाका अनुसार युक्रेनले रुसका ६ मिसाइल र २४५ ड्रोनलाई खसालेको छ । रुसी आक्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले एक्समा लेखेका छन्, ‘हरेक यस्ता आक्रमणबाट दुनियालाई अझ यकिन भएको छ कि युद्ध लम्बाउने रुस हो ।’

प्रतिक्रिया दिनुहोस्