Logo
Logo

१४ लाख घुसससहित तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन
दाङको तुलसीपुर उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव)कृष्णनन्द उपाध्याय घुससहित पक्राउ परेका छन् । १४ लाख ४८ हजार सात सय ९६ बराबरको रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनको साथबाट एक लाख २४ हजार सात सय ५० नगद बरामद भएको छ । ठेकदारहरुसँग घुस लिएको पैसा लिएर आउँदै गरेको सूचनाअनुसार आयोगले उनलाई पक्राउ गरेको हो । बा २ झ ४०९९ को गाडीमा आउँदै गर्दा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्