काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले वडाध्यक्षहरुको भेला बोलाएको छ । भेलालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विहान ११ बजे उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।

ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा हुने भेलामा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहमा एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरुलाई बोलाइएको छ । भेला आज र भोलि सञ्चालन हुने बताइएको छ ।
निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाध्यक्षबाट एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्दै उनीहरुमा भएका अस्पष्टता र भ्रम चिर्ने प्रयास स्वरुप भेला बोलाइएको एमालेले जनाएको छ ।














