Logo
Logo

कांग्रेस नेता सिटौलाले गरे गृहमन्त्री लेखकको बचाउ


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । उनले कुनै एकजना कर्मचारीले गल्ती गरेको आधार गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका हुन् ।

आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने तर्क गरे । भिजिट भिषा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्री लेखअकको पार्टीभित्रैबाट समेत नैतिकका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिइरहेका बेला नेता सिटौलाले भने बचाउ गरेका हुन् ।

यसअघि शनिबार विराटनगरमै अर्का कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।

तर, नेता सिटौलाले विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।

यसैबीच हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताउँदै सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन गर्नुपर्ने तर्क गरे । राजसंस्था कुनैपनि हालतमा फर्किन नसक्ने भन्दै नेता सिटौलाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्