काठमाडौं । नख्खु कारागारबाट रिहा भएलगत्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पाँच दिनको म्याद थप गरिएको छ ।

नक्कली भारतीय नोटको कारोबारमा दोषी ठहर भई नख्खु कारागारमा रहेका अन्सारी शनिवार साँझ रिहा भएका थिए ।
रिहाइ लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । आज उनलाई अदालतमा पेस गरिएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको सीआईबीले जनाएको छ ।