Logo
Logo

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा


441
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरूको प्रगति विवरण, मन्त्रालयगत प्रगति प्रतिवेदन र प्राविधिक सहायता परिचालनसम्बन्धी विवरणको तयारी अन्तिम चरणमा छ ।

यसैगरी, बजेट वक्तव्य, व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकको तयारी पनि तीव्र गतिमा भइरहेको छ । यसअघि, अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटका सिद्धान्त तथा प्राथमिकताहरू संसद्मा पेस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्