Logo
Logo

जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ : ओली 


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई तयारी गर्न निर्देशन दिएका छन् । राजावादीहरूले सोही दिन काठमाडौंमा आन्दोलन घोषणा गरेपछि ओलीले यो निर्देशन दिएका हुन् ।

आइतबार बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै ओलीले भने, “जेठ १५ मा काठमाडौं एमालेको कब्जामा हुनुपर्छ । आन्दोलनमा कुनै प्रोटोकल लागू हुँदैन, सबै एकजुट हुनुपर्छ ।” उनले प्रशिक्षण सकिएलगत्तै कार्यकर्तालाई जेठ १५ को तयारीमा जुट्न आग्रह गरे ।

ओलीले राजावादीहरूको आन्दोलनलाई ‘सानो स्वार्थ’ र ‘अनावश्यक फूर्ति’ को संज्ञा दिँदै सरकार र जनताको मौनताको फाइदा उठाएको आरोप लगाए । “उनीहरू कुनै महान उद्देश्यका लागि लडेका होइनन्। हामी तयार रहनुपर्छ,” उनले भने । पार्टीले थप निर्देशन दिने भन्दै ओलीले कार्यकर्तालाई जेठ १५ को लागि तयारी अवस्थामा रहन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्