Logo
Logo

कर विवरण नबुझाउने ४८ हजार करदाताको भ्याट दर्ता निलम्बन


1.8k
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने हजारौँ करदाताको भ्याट दर्ता एकसाथ निलम्बन गरेको छ । 

विभागले गत ११ वैशाखमा सार्वजनिक सूचना जारी गरी कर विवरण नबुझाउने करदातालाई १५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखेर कारोबार नियमित गर्न अल्टिमेटम दिएको थियो । तर, अधिकांश करदाताले उक्त अवधिमा विवरण नबुझाएपछि विभागले ९ जेठको निर्णयअनुसार भ्याट दर्ता निलम्बन गरेको जनाएको छ ।
 
विभागले निलम्बनमा परेका करदाताको नाम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । साथै, यस्ता करदातासँग खरिद–बिक्री नगर्न सरोकारवालालाई सूचित गरेको छ ।
 
निलम्बनमा परेका करदाताले सबै अवधिको कर विवरण पेस गरेर कारोबार नियमित गरेमा ‘सस्पेन्डेड लिस्ट’ बाट स्वतः हट्ने व्यवस्था गरिएको छ । निलम्बन अवधिमा यस्ता करदाताको निकासी र पैठारीसम्बन्धी सबै कारोबार रोकिने विभागले जनाएको छ । यसअघि विभागले कर विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक गरेको थियो । 

 हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्