Logo
Logo

बालकोटमा कोठाभित्र मृत भेटिइन् एक महिला


567
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।

The current image has no alternative text. The file name is: crime-scene-aparadh-death.jpg

प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट हो । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।

उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विदेशमा छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्