काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित २० जनाविरुद्ध जन्मकैदको मागसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतबार प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माका अनुसार, ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जसमा ५० जनामाथि राज्यविरुद्धको कसुर, ११ जनामाथि आपराधिक उपद्रव र ८ जनामाथि ज्यान मार्ने कसुरमा मुद्दा चलाइएको छ । यस्तै, चार नाबालकविरुद्ध बाल अदालतमा मुद्दा चलाउने तयारी भएको छ।














