काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो ३२ अर्ब भएको हल्ला नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैलाएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रचण्डको पछि माधवकुमार नेपाल र झलनाथ खनाल लागेको दाबी गरे ।

“कम्बोडियामा मेरो ३२ अर्ब भएको हल्ला प्रचण्डले नै फैलाएका हुन् । पछाडि कुद्नेहरू माधव नेपाल र झलनाथ खनाल हुन् । यो गरिब देशबाट मैले ३२ अर्ब लगेर टेलिकममा लगानी गरेको भन्नेरु टेलिकमको हिसाब त पारदर्शी हुन्छ, गएर सोधे तुरुन्त थाहा हुन्छ । कम्पनी, मान्छे, सरकार सबै मेरो भन्ने हो भने त के भन्नुरु” ओलीले भने ।
उनले प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले नेकपा विभाजन गरेको र दुई तिहाइ बहुमतको सरकार ढालेको आरोप लगाए । “तीनै व्यक्तिले कम्युनिस्ट सरकार ढाले, दुई तिहाइको पार्टी चकनाचुर पारे । १३–१४ वर्ष नेतृत्वमा बसेर पनि बेसरम ढङ्गले एमालेलाई धुलो चटाउने, टर्च बालेर नभेटिने बनाउने र भित्तामा टाँस्ने कुरा गर्छन्। उनीहरूले मलाई जेल हाल्नेसम्म कोसिस गरे,” ओलीले भने ।
उनले २०६४ मा माओवादीले लडाकु क्याम्प र मार्चपासमार्फत आतङ्क सिर्जना गरेर जितेको तर अब त्यस्तो अवस्था नआउने दाबी गरे । “माओवादीले २०६४ को जस्तो परिणाम ल्याउने सपना देख्छ, तर त्यसमा कुनै दम छैन,” उनले भने ।