Logo
Logo

राप्रपा महामन्त्री धवलशमशेरविरुद्ध ४ वटा मुद्दा दायर


1.6k
Shares

काठमाडौं । राजावादीको पक्षमा प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ ।

जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।  २०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई प्रहरीले अनुसन्धान सकेर गएको बिहीबार रायसहितको प्रतिवेदन बुझाएको थियो । त्यसको अध्ययन गरेर आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । 

१५ जेठमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा २ जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो । दर्जनौँ घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्