काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूह (जगेडा) मा रहेका २३ जना उपसचिवलाई नयाँ जिम्मेवारी तोकेको छ । मन्त्रालयले शुक्रवार सचिव स्तरीय निर्णयमार्फत यी उपसचिवहरूलाई विभिन्न जिम्मेवारीमा खटाएको हो ।

मन्त्रालयले जिम्मेवारीमा रहेका तीन जना उपसचिवलाई जगेडामा तानेको छ । जिल्ला समन्वय समिति झापाका जिल्ला समन्वय अधिकारी अकबर प्रधान, कटारी नगरपालिका, उदयपुरका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, र जिल्ला समन्वय समिति स्याङ्जाका जिल्ला समन्वय अधिकारी रुकु शर्मा पौडेललाई मन्त्रालयमा फिर्ता बोलाएर जगेडामा राखिएको मन्त्रालयको सूचनामा उल्लेख छ ।