Logo
Logo

दुर्गा प्रसाईँको बयान : १५ चैतको हिंसात्मक प्रदर्शनमा मेरो कुनै भूमिका छैन


1.4k
Shares

काठमाडौं ।  १५ चैतमा भएको हिंसात्मक प्रदर्शनका लागि जनकमाण्डर तोकिएका दुर्गा प्रसाईँले आफू कार्यक्रम स्थलमा पुग्नुअघि नै टियरग्यास र गोली चलिसकेको दाबी गरेका छन् । सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा प्रसाईँले भने, ‘म पुग्नुअघि नै अतिथिहरूलाई आसनग्रहण गराइएर राष्ट्रिय गान बज्न थालेपछि स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भइसकेको थियो । त्यसैले मेरो कुनै भूमिका थिएन ।’

The current image has no alternative text. The file name is: durga.gif

प्रसाईँले कार्यक्रमको आयोजनामा आफ्नो प्रत्यक्ष संलग्नता नभएको जिकिर गरे । उनले भने, ‘नवराज सुवेदी नेतृत्वको समितिले दुवै संस्थाको संयुक्त ब्यानरमा कार्यक्रमको स्वामित्व लिएर आयोजना गरेको हो ।’ उनले माग पूरा नभए एक हप्ताभित्र नेपाल बन्दसहितका कार्यक्रम गर्ने योजना रहेको खुलासा गरे ।

प्रसाईँले संविधानको दायराभित्र रहेर काम गरेको र कुनै गैरकानुनी कार्य नगरेको दाबी गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग विगत ५ वर्षदेखि पटकपटक भेट भएको र १५ चैतको प्रदर्शनअघि पनि भेट भएको बताए । ‘पृथ्वीनारायण शाहले आर्जेको देश भएकाले पूर्वराजालाई पुनः आउन आग्रह गरेको हुँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्