Logo
Logo

धवल शमशेर जबराको बयान : कार्यक्रम सञ्चालन र खर्च व्यवस्थापनमा मेरो भूमिका छैन


1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराविरुद्ध तीनकुनेमा भएको राजावादी प्रदर्शनका सन्दर्भमा राज्यविरुद्धको कसुरसहित चारवटा मुद्दा दायर गरिएको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जबराविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदाबी गरिएको जानकारी दिए ।

The current image has no alternative text. The file name is: dhwol-samser.gif

प्रहरीलाई दिएको बयानमा जबराले उक्त प्रदर्शनको योजना, व्यवस्थापन, सञ्चालन र खर्चमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका छन् । उनले भने, ‘कार्यक्रमको सम्पूर्ण व्यवस्थापन दुर्गा प्रसाईँले गरेको हो, म केवल अतिथिका रूपमा सहभागी भएको थिएँ र मौका पाएमा सभालाई सम्बोधन गर्न गएको थिएँ ।’

जबराले राप्रपा हिंसात्मक प्रदर्शनको पक्षमा नरहेको र कार्यक्रम पार्टीले आयोजना नगरेको स्पष्ट पारे । उनले मञ्चमा अश्रुग्यास प्रहारपछि आवेशमा बोलेको ‘सङ्घीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो’भन्ने अभिव्यक्ति हिंसालाई उक्साउने उद्देश्य नभएको दाबी गरे । ‘मेरो भनाइको अर्थ हिंसा गर्न उक्साउनु थिएन, निषेधित क्षेत्र तोड्ने वा संसद् भवन जाने कुरा पनि थिएन,’ उनले भने ।

उनले मञ्चबाट सहभागीहरूलाई तोडफोड नगर्न आह्वान गरेको र आफूले राज्यविरुद्धको कसुर वा हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगरेको बयानमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्