Logo
Logo

लाहोर क्वालेन्दरस् बन्यो पिएसएल च्याम्पियन


252
Shares

काठमाडौं । लाहोर क्वालेन्दरस् क्वेटा ग्लाडियर्सलाई हराउँदै १०औँ पाकिस्तान सुपर लिग (पिएसएल) को च्याम्पियन बनेको छ । लाहोरले आइतबार राति भएको फाइनलमा क्वेटालाई ६ विकेटले पराजित गरेको हो । २ सय २ रनको लक्ष्य लाहोरले निर्धारित २० ओभरको १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

लाहोरको जितमा कुशल परेराले अविजित अर्धशतकीय पारी खेले । कुशलले ३१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नट आउट रहँदै ६१ रन बनाए ।

क्वेटाका लागि उस्मान तारिक, मोहम्मद आमीर, अब्बार अहमद र फहिम असरफले समान १ विकेट लिए । त्यसअघि गद्दाफी क्रिकेट स्टेडियम लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । 

लाहोरका कप्तान शाहिन शाह अफ्रिदीले ३, सलमान र्मिजा र हरिस रउफले समान २ तथा सिकन्दर राजाले १ विकेट लिए । लाहोर तेस्रो पटक पिएसएल च्याम्पियन बनेको हो । यसअघि सन् २०२२ तथा २०२३ को संस्करणमा लाहोर च्याम्पियन भएको थियो । सन् २०१९ को च्याम्पियन क्वेटा तेस्रो पटक उपविजेता बन्यो ।

प्रतिक्रिया दिनुहोस्