Logo
Logo

मौद्रिक नीतिमा सहजता हुँदा पनि नेप्सेमा गिरावट


252
Shares

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकाङ्क कारोबारको दोस्रो दिन सोमबार २.९७ अङ्कले ओरालो लागेर २,६७७.०० विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा केही सहजता ल्याए पनि सेयर बजारमा अपेक्षित सुधार देखिएको छैन ।

The current image has no alternative text. The file name is: Share-Market-Down.jpg

सोमबार बजारमा कुल ७.५८ अर्ब रुपैयाँको कारोबार भएको छ, जसमा १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच भए । कुल ३३७ स्क्रिप्समा कारोबार भएको छ । बजारमा ९२ कम्पनीका सेयर मूल्य  बढ्यो भने १५५ कम्पनीका सेयर मूल्य घटेको छ । सोमबार कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेन ।

शीर्ष कमाउनेमा ओएमपीएल ९.९९ प्रतिशतले उकालो लागेको छ ।  एडीबीएलडी ४.९८ प्रतिशतले उकालो लागेको छ । कारोबार रकममा राढी ६४.३१ करोड रुपैयाँको कारोबार गर्दै शीर्ष स्थान रहेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा गुराँस लघुवित्त, नाडी गुरुप पावर, र युनिभर्सल पावर कम्पनी रहे ।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १००प्रतिशत मा झारेको छ । लगानीकर्ताहरूले लामो समयदेखि माग गर्दै आएको यो कदमले बजारमा उछाल ल्याउने अपेक्षा गरिएको थियो । तर, बजारमा उल्लेखनीय सुधार देखिएको छैन । 

केन्द्रीय बैङ्कले विगतमा सेयर बजार र घरजग्गा लगानीलाई अनुत्पादक मानेर जोखिम भार बढाएको थियो, जसले सेयर बजारलाई नराम्ररी प्रभावित पारेको थियो । नवनियुक्त गभर्नरको आगमनसँगै नीतिगत कडाइलाई खुकुलो बनाउन थालिएको छ। यो कदमलाई सेयर बजारका लगानीकर्ताले स्वागत गरेका छन्, तर बजारको प्रदर्शन भने सुस्त रह्यो ।

प्रतिक्रिया दिनुहोस्