Logo
Logo

कोषका कोषाध्यक्षको रारा रहर


252
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूनै कोषको दोहनमा लागेका छन् । पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न कर्मचारीलाई बर्खास्त गरेको केही समयपछि कोषकै पदाधिकारी आर्थिक दोहोनमा लागेको फेला पारेको छ । ३६ लाख ५० हजार ९५५ रुपैयाँ हिनामिना गर्ने लेखापाल इश्वरबहादुर दवाडीलाई बर्खास्त गरिएको केही समयपछि कोषका कोषाध्यक्षले गाडी सुविधा दुरुपयोग गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी पनि कोष दोहोनमा लागेका हुन् । कोषकै गाडी दुरुपयोग गरी हाजिर कपीमा बिरामी बिदा र पर्व बिदा जनाएर रारा घुम्न गएका थिए । उनले कोषको गाडी मात्र होइन, तेल र चालकलाई समेत निजी भ्रमणमा लगेका थिए ।

उनले रारा घुमेर आएपछि हाजिर कपीमा विरामी बिदा र पर्व बिदा जनाएका छन् । उनले गत चैत २३ गते हलुका सवारी चालक पोखरीप्रसाद नेपालले चलाउदै आएको स्कारपियो गाडी लिएर चैत ३१ गतेसम्म प्रयोग गरेका थिए । साथमा चालक नेपाललाई पनि लिएर सपरिवार रारा घुम्न पुगेका थिए । उनले कोषमा नाममा रहेको बी एडी ८१०१ नम्बरको गाडी लगेको कोषको रेकर्डमा देखिएको छ ।

उनले मन्त्रीलाई सोधेर, स्वीकृति लिएर भ्रमण गरेका थिए । पर्यटनमन्त्री बद्री पाण्डेले पनि पशुपति क्षेत्र विकास कोषको गाडी दुरुपयोग गर्न अनूमति दिएका थिए । कोषमा अनावश्यक रुपमा सावरी साधानको दुरुपयोग हुने गरेको छ । एक महिनामा कोषका पदाधिकारीले १ सय ३५ लिटर तेल सुविधा र गाडी सुविधा पाउने छन् । उनीहरुले त्यसको प्रयोग कोषको काममा भन्दा पनि आफ्नो व्यक्तिगत तथा पारिवारिक घुमघाममा प्रयोग गर्ने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव निर्मल कुइँकेलसहित नौ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकै समयमा कोषाध्यक्ष सुवेदीले पनि झिना मसिना काममा लोभिएका थिए । उनले आफ्नो सुविधाको भन्दा पनि बढी तेल सुविधा लिएर कोषलाई आनावश्यक भारमा पारेका छन् ।

कोषको जग्गामा बालुवाखानी सञ्चालन गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू दोषी ठहर भएको विषय बाहिर आइरहँदा साना विषयहरु पनि बाहिर आउन थालेका छन् । कोषका पदाधिकारीहरुले कोषको दोहनमा लागेका छन् ।

गत व्रशाख २६ मात्रै कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले इश्वर बहादुर दवाडीलाई बर्खास्त गरेका थिए । तर पदाधिकारी सुवेदीलाई भने गाडी लिएर घुम्न जान अनुमति दिएका थिए । सदस्यसचिव डा. मिलन थापाले कोषभित्र आर्थिक सुशासन र पारदर्शिताको प्रत्याभूति गर्न आर्थिक अपचलन र हिनामिनामा संलग्न कर्मचारीलाई कारबाही गरिको बताउदै गर्दा सुवेदीको हकमा भने उनी नतमस्तक बनेका थिए ।

यसअघि डा. थापाकै नेतृत्वमा २०८१ जेठ ७ गते सोमबार पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएकै अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो । पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे र बाजा बजाउने कर्मचारीहरू ३४ वर्षका अनिल परियार, ३५ वर्षका कुमार दमाईं परियार र २९ वर्षीय सञ्जय कपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो ।

अभियुक्तविरुद्ध अहिले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । लेखापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकाले कारबाही गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्