Logo
Logo

इमेज सहकारी ठगी प्रकरण : ढोरपाटन नगरपालिकाका मेयरलाई थुनामा राख्न आदेश 


1.5k
Shares

काठमाडौं । कास्की जिल्ला अदालतले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।  पोखरास्थित इमेज सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई थुनामा राख्ने निर्णय गरेको हो । 

सोमबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।  यसअघि उनी बागलुङ जिल्ला कारागारमा थुनामा थिए। त्यहाँबाट झिकाएर कास्की जिल्ला अदालतले सोमबार उनको बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्