Logo
Logo

जसपा नेपालका प्रदेश सांसदको घरमा अख्तियारले मार्यो छापा


2k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ । महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा छापा मार्ने क्रममा अख्तियारले उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारका अनुसार, छापामारीका क्रममा विभिन्न योजनासँग सम्बन्धित कागजातहरू पनि बरामद गरिएको छ । यद्यपि, सांसद कुशवाहा सम्पर्कविहीन रहेको बताइएको छ ।

गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले कुशवाहाको घरमा छापा मारेको हो । उनीमाथी मधेश प्रदेश सरकारबाट प्राप्त योजनाहरू बिक्री गरेको आरोपमा छ ।

कुशवाहा महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट दोस्रो पटक निर्वाचित सांसद हुन् र मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री पनि रहिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्