Logo
Logo

संसद्‌मा सँगै उभिन माओवादी र राप्रपालाई रास्वपाको आह्वान


2.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि मङ्गलबार बस्ने प्रतिनिधिसभा बैठकमा एकजुट भएर प्रस्तुत हुन नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आह्वान गरेको छ । सोमबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: rasapa.gif

पार्टीका कार्यबाहक प्रवक्ता तथा सांसद मनीष झाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको संसदीय दललाई रास्वपासँगै एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको बताए । “हामी प्रचण्ड र लिङ्देन नेतृत्वको संसदीय दललाई रास्वपासँगै उभिन आग्रह गर्छौं,” झाले भने, “राप्रपा र माओवादीसँग एकजुट भएर अघि बढ्ने हाम्रो प्रस्ताव छ ।”

रास्वपाले यसअघि नै भोलिको प्रतिनिधिसभा बैठक अन्य बैठकहरूभन्दा फरक र महत्त्वपूर्ण हुने संकेत गर्दै आएको छ । पार्टीले यो बैठकमा साझा मुद्दामा एकताबद्ध भएर प्रस्तुत हुने रणनीति बनाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्