
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
अर्थमन्त्रीले आज बिहान शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् । भेटमा मन्त्री पौडेलले राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार आर्थिक वर्ष ०८२–८३ को बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन् ।