
काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ, नेपालको नयाँ नेतृतव चयनका लागि मतदान जारी छ । लामो झिनाझम्टी र अन्योलबीच जारी १०औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान १०ः२० बजेबाट मतदान भइरहेको हो ।
निर्वाचन आयोगका अधिकृत जय गुरुङका अनुसार मतदान शान्तिपूर्ण रुपले भइरहेको छ । विद्युतीय मेसिनबाट गरिने मतदान सम्पन्न भएसँगै साँझसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।
युवा संघको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानलसहित मैदानमा उत्रिएका छन् ।निर्वाचनबाट अध्यक्षसहित ९ जना पदाधिकारी, १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ कार्यसमिति चयन हुनेछन् ।