काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सहमति जनाउनुपर्ने बताएका छन् । मङ्गलवार काठमाडौंमा राजावादी समूहले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा थापाले हृदयेन्द्र शाहको नाममा सहमति भए ज्ञानेन्द्रले त्यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।

“हृदयेन्द्रको नाममा सहमति भएमा ज्ञानेन्द्रले पनि त्यसलाई स्वीकार गर्नुपर्छ। राजतन्त्र व्यक्तिको विषय होइन, यो विचार हो,” थापाले भने, “हाम्रो मान्यता पृथ्वीनारायण शाहका उत्तराधिकारी नै राजा हुनुपर्छ भन्ने हो । अहिले व्यक्ति को हुने भन्ने कुरा गौण हो ।”