Logo
Logo

प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस


378
Shares

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ । मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले प्रतिवेदन पेस गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सरकारको प्रमुख कार्यभार बताउँदै केन्द्रलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । उनले भने, “भ्रष्टाचार विकास र सुशासनको मुख्य शत्रु हो । यसको नियन्त्रणका लागि सबैको साझा प्रयास आवश्यक छ ।” प्रधानमन्त्री कार्यालय मातहत रहेको केन्द्रले नियमित रूपमा प्रतिवेदन पेस गरी निर्देशन लिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालसहित उच्च पदाधिकारीहरूको सहभागिता थियो । प्रतिवेदनअनुसार, १६औँ योजनाको लक्ष्यअनुरूप भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न केन्द्रले सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी बनाउन अनुगमन, छड्के जाँचलगायत कार्य गर्दै आएको छ ।

 अनुगमनका क्रममा कुनै अनियमितता फेला परेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका लागि सिफारिस गर्ने गरेको केन्द्रले जनाएको छ।  सुशासन कायम गर्न २०५९ साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा स्थापित यो केन्द्रले भ्रष्टाचारविरुद्ध निरन्तर काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्