Logo
Logo

गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन


441
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनसहित विभिन्न युवा तथा विद्यार्थी सङ्गठनले मङ्गलवार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गरेका छन् । 

अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट लिग र युवा सङ्गठनले प्रदर्शनका क्रममा “नालायक गृहमन्त्री राजीनामा दे”, “भ्रष्ट गृहमन्त्री राजीनामा दे”, “दलाल सरकार मुर्दावाद”, “भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गर” जस्ता नारा लगाएका थिए ।

यसैबीच, प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले पनि गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राख्दै बैठक अवरुद्ध गरेका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन् । विपक्षीहरूले यो प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै निष्पक्ष छानबिन र राजीनामाको मागलाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्