Logo
Logo

ट्राफिक महाशाखामा एसएसपीसहित तीन सय प्रहरी क्वारेन्टाइनमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ साउन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपीसहित तीन सय भन्दा बढी ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेका छन् । महाशाखाका दुई प्रहरीमा कोरोना संक्रमण भएपछि अन्य प्रहरी क्वारेन्टाइनमा बसेका हुन् ।


संक्रमण भएका दुई प्रहरी ब्यारेकमै बस्दै आएका थिए । जसकारण उनीहरुबाट अन्यमा सरेको आशंकामा सबैको परीक्षण गर्न लागिएको हो । ट्राफिक महाशाखामा ११ सय प्रहरी कार्यरत छन् ।
लकडाउन खुलेपछि प्रहरीमा संक्रमण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्