काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकको राजीनामा आफूहरूको एकसूत्रीय माग रहेको बताएका छन् ।
संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै सांसद दाहालले अभियुक्तले जवाफ नभई अख्तियारसमक्ष बयान दिनुपर्ने प्रस्ट्याए । गृहमन्त्री लेखकको राजीनामाबाहेक आफूहरूको अन्य माग नरहेको उनको भनाइ छ।

‘माननीय गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले बयान दिने हो, जवाफ दिने होइन । किनभने उहाँ अब अभियुक्त हुनुभयो । अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनको कठघरामा गएर अख्तियारले बोलाएको वेलामा गएर बयान दिने,’ उनले भने, ‘जवाफ दिने होइन, राजीनामा दिनुपर्छ । राजीनामा हाम्रो प्रस्ट माग छ, त्यभन्दा दायाँबायाँ थाहा छैन ।’














