Logo
Logo

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नबोलेकोमा आश्चर्य  लागेको छ : शेखर कोइराला


504
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्र केन्द्रित भएको सुन्दा अचम्म लागेको बताएका छन् ।

The current image has no alternative text. The file name is: sekhar-1.gif

विराटनगरमा नेपाल नाई सङ्घको राष्ट्रिय परिषद् उद्घाटन समारोहमा बोल्दै उनले भने, “मलाई लागेको थियो, सभापतिजीको घरमा भएको बैठकमा देशको अवस्था र प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न दिएको निर्देशनबारे छलफल होला, तर कुरा त मेरो बारेमा मात्रै भएछ ।”

कोइरालाले प्रधानमन्त्रीजस्तो सर्वोच्च संस्थाले गैर-राजनीतिक र मुठभेडको भाषा बोल्दा पनि कांग्रेसले आधिकारिक रूपमा कुनै प्रतिक्रिया नदिएकोमा आश्चर्य व्यक्त गरे । “प्रधानमन्त्री व्यक्ति मात्र होइन, संस्था हो । उनको हरेक बोलीको अर्थ हुन्छ । यस्तो बाध्यतामा पनि कांग्रेसले छुट दिइरहने हो ? ” उनले प्रश्न गरे । पछिल्लो समय कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्सिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्