Logo
Logo

सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


504
Shares

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मङ्गलवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

आयोगले इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नं. ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव र मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख संजयप्रसाद यादव, उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादवलाई पनि प्रतिवादी बनाएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा भ्रष्टाचार भएको आयोगको ठहर छ । ३२ जेठ २०७७ मा उपभोक्ता समितिसँग भएको सम्झौताअनुसार ३७ लाख ७५ हजार ४३६ रुपैयाँको लागतमा १५ असार २०७७ मा भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, गलत प्राविधिक मूल्याङ्कन गरी उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रुपैयाँ भुक्तानी गरिएको र भवन उपयोगविहीन रहेको आयोगको आरोपपत्रमा उल्लेख छ ।  डीपीआर तर्जुमादेखि भुक्तानीसम्मको प्रक्रियामा अनियमितता र गुणस्तरमा प्रश्न उठेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्