Logo
Logo

असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा सरकार


567
Shares

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएको सहमतिका आधारमा असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: raghuji-panta.jpg

मङ्गलवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले आगामी असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमतिअनुसार त्यसअघि नै ऐन जारी गर्ने तयारीमा रहेको बताए । 

विद्यालय शिक्षा विधेयकमा समेट्न सकिने विषयमा सन्दर्भमा आफूहरू शिक्षक महासङ्घसँग निरन्तर वार्तामा रहेको उनले बताए । यसअघि आइतबार बसेको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मन्त्री पन्तले एक साताको समय माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्