Logo
Logo

यस वर्षको मनसुन यसै साता प्रवेश गर्ने सम्भावना


945
Shares

काठमाडौं । नेपालमा यस वर्षको मनसुन यसै साताको अन्त्यसम्म प्रवेश गर्ने सम्भावना रहेको छ ।  मङ्गलवार भारतको आसाम, भुटान र बङ्गलादेशका पूर्वी भूभागहरूमा मनसुन पुगिसकेकाले नेपालमा पनि जुन १३ को सरदर मितिभन्दा छिटो मनसुन आगमन हुने अनुमान गरिएको छ ।

The current image has no alternative text. The file name is: ktm-rain.gif

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, ‘नेपालमा मनसुन सामान्यतया पूर्वी भूभागबाट जुन १३ मा प्रवेश गर्छ, तर यस वर्ष अनुकूल मौसमी अवस्थाका कारण मनसुन छिटो आउने देखिन्छ ।’ उनले भने, ‘यसै साताको अन्त्यसम्ममा पूर्वी नेपालबाट मनसुन प्रवेश गर्ने सम्भावना छ ।’

मौसमविद् झाले मनसुनी वायु नेपाल आउने क्रममा कहिलेकाहीँ बीचमा रोकिने गरे पनि यस वर्ष त्यस्तो अवस्था नदेखिएको र अनुकूल अवस्था (‘फेबरेबल कन्डिसन’) रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्