Logo
Logo

विपक्षी दलहरूले बजेट नरोक्ने, गृहमन्त्रीको राजीनामा माग यथावत


3k
Shares

काठमाडौं । विपक्षी दलहरूले संसदमा बजेट पेस गर्न दिने निर्णय गरेका छन् । बुधबार संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले बजेट नरोक्ने निर्णय गरेको हो । सरकारले जेठ १५ गते संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सो व्यवस्थाअनुसार भोलि संसदमा बजेट पेस गर्न वातावरण सहज बनाइने माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । तर, गृहमन्त्रीको राजीनामाको अडानमा भने कायमै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्