
काठमाडौं । आज सत्तारुढ दल नेकपा एमाले र राजावादी समूहले एकै पटक रत्नपार्कमा प्रदर्शन गर्दै छन् । गणतन्त्र दिवसका दिन एमालेले गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ भने राजावादीहरूले गणतन्त्रको विरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।
दुवै पक्षले एकै स्थानमा प्रदर्शन गर्दैछन् । तर, उनीहरुलाई प्रदर्शन समय भने अलग अलग तोकिदिएको छ । एमालेले रत्नपार्कमा गणतन्त्र दिवस मनाइसकेपछि मात्र राप्रपालगायत राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्नेछ ।
काठमाडौं जिल्ला प्रशासनले कुनै अप्रिय घटना नहोस् भनेर एमालेलाई गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्म र त्यसपछि राजावादीलाई सोही स्थानमा कार्यक्रम गर्न समय दिएको हो ।














