Logo
Logo

रत्नपार्कमा प्रदर्शनअघि चाबहिलमा कार्यक्रम गर्दै राप्रपा


3.8k
Shares

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज दिउँसो रत्नपार्कमा प्रदर्शन गर्नुअघि बिहान चाबहिलमा संक्षिप्त समारोह आयोजना गर्ने भएको छ ।

राप्रपाले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा संक्षिप्त समारोह गरी राजसंस्थाको पक्षमा झण्डोत्तोलन गर्ने भएको हो ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले अहिले चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले झण्डोत्तोलन गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।

त्यसपछि आजै दिउँसो २ बजे राप्रपा लगायत राजावादीहरुले पत्नपार्कस्थित शान्तिवाटीकामा प्रदर्शन गर्दैछन् । त्यसअघि सोही स्थानमा नेकपा एमालेले गणतन्त्र उत्सव माउँदैछ ।

प्रतिक्रिया दिनुहोस्