Logo
Logo

१० बजेदेखि रत्नपार्क-भद्रकाली सडक बन्द


1.8k
Shares

काठमाडौं । आज बिहान १० बजेदेखि रत्नपार्क–भद्रकालीमा ट्राफिक डाइभर्सन हुने भएको छ । गणतन्त्र दिवसलक्षित विभिन्न कार्यक्रम आयोजना हुने भएका कारण आज बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म सैनिक मञ्च, टुँडिखेल वरिपरिको सडकमा सवारी आवागमन बन्द गरिने भएको हो ।

गणतन्त्र दिवस मूल समारोह समितिले राष्ट्रपति रामचनद्र पौडेलेको प्रमुख आतिथ्यमा १० बजेदेखि सैनिक मञ्चमा कार्यक्रम गर्दैछ । त्यसका लागि विभिन्न झाँकी तथा सांस्कृतिक प्रदर्शन हुने हुँँदा मूल सडकको सवारी आवागमन बन्द गरिनेछ ।

राष्ट्रपति पौडेल ११ बजे टुँडिखेलबाट फर्किएपछि नेकपा एमालेले सोही क्षेत्र केन्द्रित गणतन्त्र उत्सव मनाउँदैछ । त्यसपछिको ३ घण्टासम्म उक्त क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।

राप्रपासहित राजावादीहरुले २ बजेपछि रत्नपार्कस्थित शान्तिवाटीकामा प्रदर्शन गर्दैछन् । राजावादी प्रदर्शनकारीलाई शान्तिबाटिकाबाट अगाडि बढ्न नदिने सुरक्षा नीति छ ।

राप्रपाले गर्ने कार्यक्रममा सडक अवरोध नहुने गरी व्यवस्थापन भएका कारण २ बजेपछि सडक खुला हुने छ । यदि कुनै अवरोध आएमा बढीमा ४ बजेसम्म उक्त सडकमा सवारी आवागमन प्रभावित हुने एसएसपी घिमिरेले बताए ।

उक्त सडकमा सवारी आवागमन बन्द भएको समय पुतलीसडक–जय नेपाल हल तथा कालिकास्थान–चारखाल सडक (ठाडो लाइन) को रुट प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्