Logo
Logo

किन हङकङ पुगिन् परराष्ट्रमन्त्री डा राणा ?


882
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज हङकङ पुगेकी छन् ।

जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेको मन्त्री डा राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा भोलि ‘मे ३०’ मा हस्ताक्षर समारोह हुँदैछ । सो समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन लागेको हो ।

मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागिता हुनेछिन् । परराष्ट्रमन्त्री डा राणा आगामी शनिबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्