Logo
Logo

एमालेको प्रदर्शनमा तरबार र ढाल !


5k
Shares

काठमाडौं । नेकपा एमाले तरबार र ढालसहित प्रदर्शनमा उत्रिएको छ । गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउँन भन्दै एमाले नेता कार्यकर्ताहरुले प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेका हुन् ।

सुदूरपश्चिम कमिटीले निकालेको र्यालीमा तरबार र ढाल प्रदर्शन गरिएको हो । यो र्यालीको अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरु छन् । उनीहरुले गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका छन् ।

र्यालीमा एमाले नेताकार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित सहभागी छन् । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्याली भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर कोण सभामा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस्