Logo
Logo

माओवादी केन्द्रले बजेट प्रस्तुत गर्न दिने


504
Shares

काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलले नेकपा माओवादी केन्द्रले जिम्मेवार प्रतिपक्षी भएकाले सदनमा जारी सङ्घर्ष राखेर बजेट प्रस्तुत गर्न प्रस्तुत दिने बताएको छ ।

माओवादी केन्द्र लगायत सबै विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर मङ्गलवारदेखि सदन अवरुद्ध गरेका छन् ।

जेठ १५ मा बजेट ल्याउने भनी संविधानमै व्यवस्था गरिएकाले विपक्षी दलहरूले सदन चल्न दिएका हुन् । विपक्षी दलको तर्फबाट आकस्मिक समय लिएर बोलेका नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘संविधानको धारा १३ का तीन वटा उपधारामा जेठ १५ गते बजेट प्रस्तुत गर्नेसम्बन्धी व्यवस्था छन् । हामी विपक्षी दलहरू संविधानको कार्यान्वयनप्रति जिम्मेवार छौँ । त्यसैले आज बजेट ल्याउन दिँदैछौं ।’ माओवादी केन्द्रले विधेयक प्रस्तुत गर्नेबाहेक सदनका अन्य काममा अवरोध कायमै राख्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्