
काठमाडौं । राजावादी आन्दोलनमा दुई जनामाथि कुटपिट भएको छ । राप्रपासहित राजावादीहरूले रत्नपार्कमा गरेको विरोध प्रदर्शनका क्रममा घुसपैठ गरेको भन्दै दुई व्यक्तिमाथि कुटपिट भएको हो ।
कुटपिटमा परेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर भिडबाट बाहिर निकालेको छ । गणतन्त्रको पक्षमा एमालेले गणतन्त्र उत्सव मनाएको छ भने राजावादी समूहले राजसंस्था पुनस्थापनको माग गर्दै प्रदर्शन गरेको छ ।