काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.०४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड बजेट खर्च हुने संशोधित अनुमान गरेको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार चालू खर्चतर्फ ८८.०५ प्रतिशत, पुँजीगत खर्चतर्फ ८३.०४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७.०६ प्रतिशत खर्च हुने अनुमान छ ।

राजस्व परिचालन १७.०१ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ३९ करोड पुग्ने अनुमान गरिएको छ। वैदेशिक सहायताअन्तर्गत अनुदानबाट ३४ अर्ब ८९ करोड र ऋणबाट १ खर्ब ६९ अर्ब ६० करोड परिचालन हुने संशोधित अनुमान छ। यस्तै, आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब व्यहोर्ने लक्ष्य रहे पनि वैशाख मसान्तसम्म ३ खर्ब ६० अर्ब परिचालन भइसकेको छ ।














