Logo
Logo

आगामी आर्थिक वर्षमा ४.३ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण


378
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा ४.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदर विगतको तुलनामा सुधार हुने बताए । 

The current image has no alternative text. The file name is: Bishnu-Paudel-1.jpg

उनले अर्थतन्त्र विगतमा दबाबमा रहे पनि निरन्तरको प्रयासले सुधारोन्मुख भएको उल्लेख गरे। गत वर्ष ३.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी वर्ष ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्र ऋणात्मक अवस्थाबाट धनात्मक वृद्धितर्फ अघि बढ्ने बताए । विद्युत्, वित्तीय, बीमा लगायतका क्षेत्रमा उल्लेख्य सुधार हुने उनको भनाइ छ । थप ३३९ मेगावाट विद्युत् उत्पादन भएको, पर्यटक आगमन १३ प्रतिशतले बढेर ९ लाख २३ हजार पुगेको र मुद्रास्फीति ३.४ प्रतिशतमा सीमित भएको उनले जानकारी दिए । 

यस्तै, प्रतिव्यक्ति आय १,४४३ अमेरिकी डलरबाट बढेर १,४९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्