काठमाडौं । सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत २१ सुपर जोन र २०६ जोनका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपन्छी पालनका २१ सुपर जोन र २०६ जोनमा सिँचाइ, मल र बीउका लागि पुँजीगत तथा सौलियतपूर्ण अनुदान उपलब्ध गराउन ३ अर्ब ५० करोड छुट्याइएको जानकारी दिए ।














