काठमाडौं । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको सहभागितामा यो अभियान कार्यान्वयन गरिने बताए।














