Logo
Logo

५ लाख नागरिकलाई लालपुर्जा वितरण गरिने


252
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा ५ लाख नागरिकलाई लालपुर्जा वितरण गर्ने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भूमिसम्बन्धी कानुन संशोधन गरी यो लक्ष्य पूरा गरिने बताए ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । साथै, निरपेक्ष गरिबी उन्मूलन गर्ने लक्ष्य राखिएको र यसका लागि प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्