Logo
Logo

शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन


252
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत शिक्षा क्षेत्रका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालयहरूलाई एकीकरण गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने बताए । विद्यार्थी खाजा कार्यक्रमका लागि १० अर्ब १९ करोड रुपैयाँ छुट्याइएको छ। साथै, मुसहर, दलित र अन्य समुदायका विद्यार्थीका लागि सञ्चालित छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने उनले उल्लेख गरे । 

विश्वविद्यालयहरूलाई आवश्यकताका आधारमा अनुदान उपलब्ध गराइने र नियम पालना नगर्ने विश्वविद्यालयको अनुदान कटौती गरिने मन्त्री पौडेलले बताए। मेडिकल शिक्षामा प्रदान गरिने छात्रवृत्तिमा गरिब र पछाडि परेका क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइन बताए । 

चालू आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्